The Lonely House| 1000’s of Memories | कोही नबस्ने मेरो एक्लो घर
खीएको टिनको छानो
खीएको टिनको छानो
साना प्वालबाट निस्किने सुर्यको किरण
मुसाको परिवारले गर्ने च्याच्या-चुचुका कुराकानी
असारे झरीमा खिएको टिनले दिने
ट्याङ् ट्याङ् टुङ्ग टुङ्गको रिङ्ग टोन
माथि हेर्दा बादलका सेता डल्ला
जालोले भरिन लाएको
सिलिङमा झुन्डिएको उहि बुढो पङ्खा
दु ईखाट बिचमा लडीबुडी गर्ने म
र मेरो बरण्डा ।
The Lonely House
उहि पुरानो टिभी राख्ने दराज
उहि पुरानो टिभी राख्ने दराज
दराजमथि सजिएका गमला र पुरस्कार
पोक्चे गाला भएको मेरो दाईको black & white फोटो
अनि आर्मी ड्रेसमा सजिनु भएको मेराे ड्याडि
दराज भित्र कोचिएको मलाई नहुने
तर मलाई मन पर्ने मेरा लुगा
अनि त्यहाँबाट निस्किएको ढुसीवाला गन्ध
नलिपेको भुइँ अनि त्यसैमा मुसाले खनेर बनाएको
मेरो खाटको खुट्टा अट्ने-मुसाको परिवारको महल
त्यसैमा भिजेको माटोको निरास गन्ध
कत्ति भएछ नधोएको मेरो फूल बुट्टे गलैँचा ?

The Lonely House
बाङ्गे सिमलबाट अघिल्लो साल दशैँमा भित्रिएको
बाङ्गे सिमलबाट अघिल्लो साल दशैँमा भित्रिएको
भित्तामा पोतेको पहेलो माटो अनि रातो माटो
भित्तामा सजाएका टोकन अफ लव, फेर ओएलमा साथीहरूसंगका मीठा याद बोकेका रमाइला तस्बिरहरू र
मलाई जहिले समय कुदिरहेछ भन्ने मेरो प्यारो भित्ते घडी ।
The Lonely House
म नहुँदा मेरो कोठाको करंग बदलिएछ
म नहुँदा मेरो कोठाको करंग बदलिएछ
यस पाली चर्कीएका छन् भित्ताहरू
भाचिएछ ड्याडिले बनाएको म जत्रै काठको कुर्सि
म नहुँदा मेरो कोठाको छाला बदलिएछ
सधैझैँ हरेक साल फेरिने भित्ताका रङ्गहरू पुराना भएछन् क्यारे
च्यातिएको तन्ना, धुलो झर्ने सिरक, बिना खोलका सिरानी
माकुराले जालो लाएको मेरो आँखा जस्तै
मधुरो देखिने ४० वाटको पहेलो बलब
भित्तामा धमिराको ३ तले घर
जसले मसँग सँगै आफ्नो घर बनाएछ
तर ऊ खुसी छैन
उसको नयाँ घरको नक्सा रेडि छ
जग्गाको कमी भएको छ
अनि उसको १०० वटा ३ तले घर भत्काउने म
अब त्यहाँ छैन ।
The Lonely House
सबैलाई दशैँ आयो तर यीनीहरूलाई आएन
हामी बसुन्जेल रहेछ यि सबै सजीव हुने
मिठा मिठा सपना बोक्ने
नभए पिडा त यि सबैलाई हुने रहेछ
निर्जीव भएर पनि दुई चोटि मर्न अनि फेरि बाच्न।
whoah this blog is wonderful i really like reading your articles. Keep up the great paintings! You realize, a lot of people are hunting round for this info, you could help them greatly.
Great selection of modern and classic books waiting to be discovered. All free and available in most ereader formats. download free books
I have read so many posts about the blogger lovers however this post is really a good piece of writing, keep it up
https://www.philadelphia.edu.jo/library/directors-message-library