Spoken Word
1

रगत__Blood Art of War: The Guernica Picasso Painting, 1937

रगत__Blood Art of War: The Guernica Picasso Painting, 1937

रगत__BLOOD The Art of War: The Guernica Picasso Painting, 1937

The Art of War: Guernica Picasso Painting
The Art of War: Guernica Picasso Painting

 

The Guernica Picasso Painting, 1937

आज रगतका थोपाले रगत कै खोला बनाएको छ
त्यस खोलामा एउटाको मात्र रगत बगेको हैन
कयौ प्रजातिका छन्
शरिरको एउटा अंगको मात्र पनि हैन
कयौ अङ्ग भङ्ग भएका छन्
टुटेका छन् फुटेका छन्
कसैको मन कसैको धन कसैको शरिर
एक एक अङ्ग
मासु, छाला, हड्डी र उम्लिएका छन्
शरिरमा बग्ने तातो- तातो रगत कालो माटोमा

रगत जमेर कटकट भएको छ

केहि सेतो ढुंगामा केहि निलो भएको उसको हड्डीमा
केहि चोक्टा- चोक्टा भएका रगतका डल्लामा
यहाँ प्राय रगतका बाछिटाले सबै लतपत छन्
उनी सिलिङ्गबाट टाउको निकाली जिउ छाडि पिडामा चिच्याउछिन्
कसैलाई गुहार्छिन् मेरो शरीर जोड्देउ भनेर

 

रगतको दल दलमा शरीर तैरिदैछ

भाचिएको हातले कुइना खोज्दैछ
ताकि टुक्रिएका हात फेरी एक हुन सकुन्
खुट्टाले साप्रो खोज्दैछ
ताकि उनी सम्म यी पाइला पुग्न सकून्
नसा- नसाले रगत खोज्दैछ
ताकि छट्पटिएको शरीर पुन जिवित हुन सकून् ।

 

You may also like

कोही नबस्ने मेरो घर

बिग्रेको पङ्खा

->Definitions for guernica

 

 

0Shares

One thought on “रगत__Blood Art of War: The Guernica Picasso Painting, 1937

Leave a Reply

Your email address will not be published. Required fields are marked *